Logo

प्रमुख समाचार

मौसम विभागले भन्यो: अबको केही घन्टा कोशी, मधेस, बागमतीमै बढी वर्षा हुँँदै, सतर्क रहन आह्वान



 

बंगालको खाडीबाट जलवाष्पयुक्त मनसुनी वायु भित्रँदा काठमाडौं उपत्यकासहित बागमती, मधेस, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ।
जल  तथा मौसम विज्ञान विभागले अहिले मधेस र बागमती प्रदेशका अधिकांश स्थानहरूमा तथा कोशी प्रदेशका धेरै स्थानहरूमा  मेघगर्जन÷चट्याङ सहित वर्षा भइरहेको बताएको छ।
अबको केही घन्टा विशेषतः कोशी, मधेस  र बागमती प्रदेश बढी प्रभावित हुने सम्भावना रहेको विभागले जनाएको छ।विभागका अनुसार पछिल्लो तीन घन्टामा पर्साको वीरगञ्जमा ३४ मिलिमिटर, रौतहटको गौरमा ३०.४, महेशपुरमा ३१.४, सर्लाहीको मनुस्मारामा २४.८, कलैयामा ३१.८, निजगढामा ३१.२, पर्साको रंगपुरमा २६.६ मिलिमिटर वर्षा भएको छ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार १२:३७   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।