Logo

सुरक्षा/अपराध

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पक्राउ  



बैदेशिक रोजगारीको लागि बिदेश पठाईदिने र बिदेश पठाउनको लागि आवश्यक रकम समेत आफैले उपलव्ध गराईदिने भन्दै २ जना महिलाहरूलाई बिभिन्न प्रलोभनमा पारी मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कास्की मादी गाउँपालिका-१ खेलुङ बस्ने २१ वर्षीय जीवन नेपाली, काभ्रे पाँचखाल नगरपालिका-४ तामाघाट बस्ने २६ वर्षीय आशिष भुजेल र कास्की पोखरा महानगरपालिका-४ बगालेटोल बस्ने ३० वर्षीया अन्जु गुरुङ रहेका छन् ।

उनीहरूले ती महिलाहरूलाई पोखरा महानगरपालिका-६ लेकसाईडस्थित कोठामा बन्धक बनाई जबरजस्ती बेश्याबृतिमा संलग्न गराउने उद्देश्यले शारीरिक तथा मानसिक यातना दिएको साथै रकमको मोलमलाई गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तर्गत ८ दिनको  म्याद थप गरी अनुसन्धान भईहेको साथै पीडित महिलाहरुलाई मनोपरामर्श गरी संरक्षण केन्द्रमा राखी आफन्तको जिम्मा लगाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार १२:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।