Logo

प्रमुख समाचार

विपिन जोशीका परिवारलाई सुदूरपश्चिम सरकारबाट दुई लाख सहयोग



धनगढी । इजरायलमा हमासको आक्रमणमा परि ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री कमलबहादुर शाहकाअनुसार २०८० असोज २३ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अन्य मृतक विद्यार्थीहरूसँगै जोशीका परिवारलाई पनि मानवीय सहायता स्वरूप सहयोग गरिने भएको हो।

जोशीको मृत्यु त्यो बेला पुष्टि नभएकाले पहिले सहयोग वितरण हुँदा उनी समेटिएका थिएनन्। गत असोज २७ गते इजरायली अधिकारीहरूले जोशीको मृत्यु पुष्टि गरेका थिए।

उनको शव स्काई ट्रकमार्फत धनगढी ल्याइने र सेनाले नै घरसम्म पु-याउने व्यवस्था गरेको छ। मुख्यमन्त्री शाहले विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार १६:३५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।