नेपाल बंगलादेश बैंकले आर्थिक बर्षको पहिलो त्रैमासमा ५७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत बर्ष भन्दा यस बर्ष १६ करोड ८६ लाख रुपैयाँ अर्थात ४१.९ प्रतिशतले बढी नाफा आर्जन गरेको हो ।
तयस्तै बैंकको वितरणयोग्य नाफा ५ करोड ८९ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको खुद व्याज आम्दानी ५ करोड ५६ लाख रुपैयाँ घटेर ६९ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ ।
त्यस्तै, कुल ८ अर्ब ४९ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ५३ करोड ७६ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा ७७ करोड ३० लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको यस अवधिमा बैंकको जगेडा कोषमा ३ अर्ब ९१ करोड र रिटेन्ड अर्निङ्गमा ७१ करोड ४१ लाख रुपैयाँ थियो ।
बैंकको निक्षेप ६८ अर्ब ५५ करोड रुपैयाँ छ भने कर्जा ५९ अर्ब ४४ करोड रुपैयाँ छ । बैंकको प्रतिशेयर गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १९ रुपैयाँ ९१ पैसा रहेकोमा यस २६ रुपैयाँ ८९ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८.०३ गुणा रहेको छ ।
प्रतिक्रिया