Logo

प्रमुख समाचार

प्रचण्डको अपिलः सबै माओवादी धारासहितका वामपन्थीहरू कम्युनिस्ट पार्टीको एउटै झन्डामुनि एकताबद्ध हुनुस्



काठमाडौं । माओवादी केन्द्र०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै माओवादी धारासहितका वामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झन्डामुनि एकताबद्ध हुन अपिल गरेका छन् ।

मङ्गलवार सामाजिक सञ्जाल मार्फत उनले देशमा देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती हल गर्न माओवादी धारासहितका वामपन्थीहरूलाई एकताबद्ध हुन अपिल गरेका हुन् ।

‘यस सत्यलाई आत्मसात् गर्दै, म देशका सबै माओवादी धारासहितका वामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झन्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु,’ उनले लेखेका छन् ।

देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरुबीच राष्ट्रिय सहकार्य अपरिहार्य रहेको भन्दै उनले थप लेखेका छन्, ‘राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ। यस सन्दर्भमा देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरुबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ ।’

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलवार ०९:१७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।