Logo

प्रमुख समाचार

जेनजी प्रर्दशनमा कुन पार्टी कार्यालयको कति क्षति?

एमाले-माओवादी कार्यालयमा १५ करोडको क्षति



काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा राजनीतिक दलका पार्टी कार्यालयहरू आन्दोलनकारीको मुख्य निशानामा परे । आन्दोलनकारीहरूले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का कार्यालयहरूमा तोडफोड र आगजनी गरे ।

एमाले कार्यालयमा करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको छ । हाल अस्थायी टेन्टमा कार्यालय सञ्चालन भइरहेको छ । ६ कोठाको पुनर्निर्माण सुरु गरिएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।

माओवादी केन्द्रले सरसफाइपछि कार्यालय पुनः सञ्चालनमा ल्याएको छ । आगजनीबाट करिब ५ करोड रुपैयाँ बराबरको क्षति भएको र भवनलाई रेट्रोफिट डिजाइन मार्फत पुनर्निर्माणको तयारी भइरहेको मुख्यसचिव गणेशमान पुनले जानकारी दिए ।

नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा पनि १ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । पार्टीले चन्दा संकलन र पुराना सामग्री जोडेर कार्यालय सञ्चालन गरिरहेको उपमहासचिव रामकुमार भट्टराईले बताए ।

राजनीतिक दलहरूले आफ्नै स्रोत र दाताको सहयोगमा पुनर्निर्माण थालेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलवार १३:४७   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।