Logo

प्रमुख समाचार

भारतबाट १६ बालबालिकाको उद्धार गरी परिवारको जिम्मामा



भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ। उनीहरूलाई उद्धार गरी बिहीबार जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ।

मधेस प्रदेशका विभिन्न जिल्लाबाट भारतको मुम्बई, दिल्ली र बिहार राज्यका विभिन्न ठाउँ पुर्‍याइएका ती बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा ‘कीन इन्डिया’ संस्थाले उद्धार गरेर मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको रोहवरमा उनीहरूका अभिभावकको जिम्मा लगाएको हो।

उद्धार गरिएकामा महोत्तरी, धनुषा, सिरहा, रौतहट र सप्तरी जिल्लाका रहेका छन्। उनीहरूको उमेर ९ देखि २२ वर्षसम्मको रहेको राष्ट्रिय बालअधिकार परिषद् मधेस प्रदेश समन्वय अधिकृत सञ्जीव महतोले जानकारी दिए। यस्तै, दुई बालिकालाई पनि ‘किन इन्डिया’ले भारतीय प्रहरीको सहयोगमा उद्धार गरेर बालकल्याण समिति तथा बालबालिका खोज उद्धार केन्द्र जनकपुरधाममार्फत अभिभावकको जिम्मा लगाएको छ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार २३:१२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।