काठमाडौं । नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न पुगेका छन् । बुधबार सरकारले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर डा.मनोजकुमार केसीलाई आईजीपी नियुक्त गर्ने निर्णयविरुद्ध कार्की रिट लिएर सर्वोच्च पुगेका हुन् ।
कार्कीका तर्फबाट अधिवक्ता टीकाबहादुर कुँवर रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।
मन्त्रिपरिषद्को निर्णय अनुसार डा केसीले बुधबारबाटै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । उनको रिट दर्ता प्रक्रियामा रहेको छ ।





















प्रतिक्रिया