Logo

प्रमुख समाचार

मेयर बालेनले उक्साएकोले मुलुक धेरै पछाडि फर्कियो: माओवादी नेता शर्मा



नेपालमा जेन–जी आन्दोलनले देखाएको एजेण्डा र जनचासोलाई विभिन्न राजनीतिक दलहरूले सम्बोधन गर्न नसक्दा आन्दोलनको प्रभाव सीमित भएको नेताहरूले बताएका छन्।

नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले जेन–जी विद्रोहले देशको राजनीतिक निरन्तरतालाई कमजोर बनाएको टिप्पणी गर्दै प्रदर्शनकारीलाई काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले उक्साएकोले मुलुक धेरै पछाडि फर्केको आरोप लगाएका छन्।

नेता शर्माका अनुसार जेन–जी आन्दोलनको उद्देश्य प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, भ्रष्टाचार निर्मूल र सुशासन कायम गर्ने माग रहेको थियो। तर आन्दोलन पछि माग सही ढंगले टेबलिङ र कार्यान्वयन हुन सकेको छैन।

शर्माले माओवादी केन्द्रले मंसिरको अन्तिम साता एकताको महाधिवेशन गर्दै ५० प्रतिशतभन्दा बढी युवाहरूको सहभागितासहित जेन–जी आन्दोलनको एजेण्डालाई सम्बोधन गर्ने योजना बनाएको जानकारी दिए।

उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेतृत्वभन्दा माथि राख्दै महाधिवेशनमार्फत वामपन्थी ध्रुवीकरणको ढोका खोल्ने बताए।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार २२:१७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।