Logo

प्रमुख समाचार

आज पनि माओवादी सचिवालय बैठक बस्दै



 

नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

आजको बैठकमा विभिन्न पार्टीसँग हुन लागेको एकताबारे ठोस निर्णय गर्ने बताइएको छ ।

माओवादीसँग नेकपा एकीकृत समाजवादी, महेन्द्र राय यादव नेतृत्वको जनता समाजवादी पार्टीलगायतबीचको एकता अन्तिम चरणमा पुगेको छ ।

माओवादी केन्द्रका संयोजक प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच आगामी मङ्गलबार पार्टी एकीकरण गर्ने विषयमा सहमति जुटिसकेको बुझिएको छ ।

आजको बैठकले औपचारिक निर्णय गरेपछि सोमबार बस्ने महाधिवेशन आयोजक समितिको बैठकले पार्टी एकताबारे अन्तिम टुङ्गो लगाउने माओवादी नेता अग्नि सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आईतवार ०९:३१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।