काठमाडौं । नेकपा एमालेले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ । आइतबार भक्तपुरको गुण्डामा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो ।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नि राधिका शाक्यको उपस्थिति थियो ।
युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले फोर्सका लागि आचारसंहिता तयार गरिएको जानकारी दिए । उनका अनुसार भक्तपुरपछि ललितपुर, काठमाडौं, काभ्रे, रामेछापलगायत जिल्लामा पनि फोर्स विस्तार गरिनेछ ।
बस्नेतले गुण्डु क्षेत्रमा दुई महिनादेखि करिब २ हजार युवा खटिई कार्यरत रहेको उल्लेख गर्दै, फोर्सले अराजकता र अन्य अवाञ्छित गतिविधिविरुद्ध सक्रिय भूमिका खेल्ने बताए। उनका अनुसार युवा संघ, भूपू सैनिक संगठन र एमाले भक्तपुर कमिटी मिलेर नेताहरूको सुरक्षामा पनि सहयोग गरिरहेका छन्।





















प्रतिक्रिया