Logo

बैंकिङ

जीवन बीमक संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा श्रेष्ठ



जीवन बीमक संघको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । संघले नेपालको पहिलो साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा सबै पदमा सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा निर्मल काजि श्रेष्ठ चयन भएका छन्, श्रेष्ठ मेटलाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत तथा संघको निवर्तमान उपाध्यक्ष हुन् ।

यसरी नै उपाध्यक्षमा पोषक राज पौडेल चयन भएका छन् । पौडेल सिटिजन लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत र संघको निवर्तमान महासचिव हुन् ।

महासचिवमा राजकुमार अर्याल चयन भएका छन् । उनी सन नेपाल लाइफ इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् । 

कोषाध्यक्षमा प्रविन रमण पराजुली चयन भएका छन् । उनी रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत हुन्।

त्यसैगरी सदस्यहरुमा ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रि, राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठक, युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण, गुंरास लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई, आईएमइ लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल चयन भएका छन् ।

नेपाल बीमक संघका अध्यक्ष दिप प्रकास पाण्डेले समग्र बीमा क्षेत्रको व्यवसायिक र दिगो विकाशको लागी दुवै संस्था मिलेर जानु पर्ने बताए ।

कार्यक्रमका बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईले जीवन बीमा क्षेत्रको उल्लेख्य वृद्धी सँगै व्यतित बीमालेख कम गर्ने तथा अभिकर्ताको व्यवसायिकता र व्यवस्थापनमा सुधार गर्नुपर्ने बताए ।

यस्तै जीवन बीमक संघ नेपालका निवर्तमान अध्यक्ष शिवनाथ पाण्डेले नयाँ कार्य समिती समक्ष रहेका चुनौती र अवसरको लागी सबै पक्षसंग समन्वय गरेर अगाडि बढ्न आग्रह गरेका छन् ।

बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जीवन बीमा क्षेत्रको सम्रग विकासको लागी बीमकहरु, संघहरु र समिति आपसमा मिलेर काम गर्नु पर्ने बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार १६:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।