काठमाडौं । एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले सो पार्टीसँगको यात्रा टुंगिएको बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले नेकपा (एकीकृत समाजवादी) अब विघटनतर्फ गएको र त्यससँगै आफूहरुको राजनीतिक यात्रा पनि समाप्त भएको बताइन् ।
उनका अनुसार पार्टी निर्माणका प्रारम्भिक दिनमा ठूलो अभियानका साथ अघि बढेको भए पनि त्यो सम्भावना अब समाप्त भएको छ । झाँक्रीले भनिन्, “नेकपा एकीकृत समाजवादी निर्माणका प्रारम्भका दिनहरूमा हामी एउटा भयंकर अभियान चल्छ भन्ने विश्वासका साथ लागेका थियौं, तर त्यो अब समाप्त भएको छ। हाम्रो समाजवादी पार्टीसँगको यात्रा, त्यो पार्टी विघटनसँगै टुंगियो।”
माधव कुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको निर्णय गरे पनि रामकुमारी, किसान श्रेष्ठ लगायतले निर्णयमा विमति जनाएका छन् ।





















प्रतिक्रिया