Logo

स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ३७ जना कोरोना संक्रमणमुक्त



पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ३७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।  देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

यो सँगै नेपालमा  १ लाख ६८ हजार १ सय २९ जना संक्रमित  उपचारपछि निको भएका छन्।  आज ९ हजार ५ सय ३३ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १५ लाख ९३ हजार ८ सय ५० जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।   

मन्त्रालयका अनुसार ९ सय ८६ जना क्वारेन्टाइनमा छन्।  नेपालमा ३७ हजार २२ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार १६:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।