Logo

प्रमुख समाचार

बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु



धनगढी । बझाङको थलारा गाउँपालिका वडा नम्बर २, कफलकाँडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी खगेन्द्र धमलाका अनुसार झोताबाट सामान बोकेर रायल हुँदै कफलकाँडा गइरहेको ट्याक्टर पारमुल भन्ने ठाउँमा बुधबार राति अनियन्त्रित भई सडकबाट करिब ६०० मिटर तल खसेको थियो।

दुर्घटनामा थलारा–२, कफलकाँडाका स्थानीय कौमले खाती र जसे खातीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक कैलालीका खुशीराम चौधरी गम्भीर घाइते भएका छन्। बेहोस अवस्थामा रहेका उनलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भइरहेको छ।

ट्याक्टरमा चालकसहित तीन जना सवार थिए। दुर्घटनाको खबर पाएलगत्तै बगडा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार २०:५५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।