Logo

प्रमुख समाचार

विभिन्न प्रलोभनमा परी म्यानमारका स्क्यामिङ केन्द्रबाट १४ नेपालीकाे उद्धार



काठमाडौँ । विभिन्न प्रलोभनमा परी म्यानमार पुगेका १४ जना नेपाली नागरिकलाई थाइल्याण्डस्थित नेपाली राजदूतावासले उद्धार गरी बुधबार नेपाल फर्काएको छ ।

राजदूतावासका अनुसार यी नेपालीहरू म्यानमारको म्यावडी क्षेत्रमा अवैध रूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ केन्द्रहरूमा विभिन्न काममा लगाइएका थिए ।

उनीहरूलाई उद्धार गरी थाइल्याण्डको टाक प्रान्तस्थित अध्यागमन कार्यालय (मेसोट) हुँदै नेपाल एयरलाइन्स मार्फत आज नेपाल फर्काइएको हो ।

यसैबिच म्यानमारमा रहेका थप ११ जना नेपालीलाई पनि चाँडै स्वदेश फर्काउने तयारी भइरहेको राजदूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राजदूतावासका अनुसार २०२५ अक्टोबर १९ पछि म्यानमारको म्यावडी क्षेत्रका विभिन्न स्क्यामिङ केन्द्रहरूबाट २८ मुलुकका करिब २ हजार विदेशी नागरिक थाइल्याण्ड प्रवेश गरेका थिए ।

जसमा ३८ जना नेपाली पनि रहेका छन् । यी नेपालीहरूलाई पनि शीघ्र नेपाल फर्काउन समन्वयमा जारी छ ।

राजदूतावासले नेपालीहरूलाई वैदेशिक रोजगारीमा जानुअघि सरकारले तोकेको श्रम स्वीकृति प्रक्रिया अनिवार्य रूपमा पूरा गर्न र कसैको प्रलोभनमा परी अवैध रूपमा विदेश नजान आग्रह गरेको छ ।

 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार २१:०३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।