काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी आधिकारिकता राजनीतिक र कानुनी लडाइँमा पैसाको लेनदेन नभएको बताएका छन्। पार्टीको आधिकारिकताको विषयमा बिचौलिया इनम सापकोटाको सार्वजनिक अडियोको विषयमा प्रष्टीकरण दिँदै थापाले आफ्ना हातहरू सफा रहेको बताएका हुन्।
बिहीबार एक भिडिओ सन्देश जारी गर्दै सभापति थापाले भने, ‘नेपाली कांग्रेसको आधिकारिकताको लडाइँमा, राजनीतिक, कानुनी लडाइँमा रूपैयाँ होइन, एक सुकाको पनि आर्थिक लेनदेन वा अनुचित काम गरेको छैन।’





















प्रतिक्रिया