Logo

खेलकुद

बायर लिभरकुजेनसँग बेनिफिका पराजित



युईएफए च्याम्पियन्स लिग फुटबलमा बायर लिभरकुजेनले जित निकालेको छ ।

गएराति लिस्बनमा भएको खेलमा बेनिफिकालाई १–० गोलले हराउँदै लिभरकुजेनले नयाँ सिजनको पहिलो जित निकालेको हो ।

खेलमा लिभरकुजेनका सब्स्टिच्युड खेलाडी प्याट्रिक शिकले गोल गरेका थिए । उनले खेलको ६५औँ मिनेटमा गरेको गोल नै टोलीको जितका लागि निर्णायक बनेको थियो ।

यो खेलसँगै प्रतियोगितामा एकमा जित दुईमा बराबरी र एकमा हार बेहोरेको लिभरकुजेन ५ अंकका साथ तालिकाको २१औँ स्थानमा रहेको छ ।

यस्तै, पराजित भएको बेनिफिका अंक विहीन छ । उसले अहिलेसम्मका आफ्ना चारवटै खेलमा हार बेहोरेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार ०७:३५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।