Logo

खेलकुद

काभा यू–१९ च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित



काठमाडौं । श्रीलंकाको कोलम्बोमा जारी सेन्ट्रल एसियन भलिबल संघ (काभा) यू–१९ महिला च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित दर्ता गराएको छ ।

कोलोम्बोमा बिहीबार भएको लिग चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

नेपालले माल्दिभ्सलाई पहिलो सेट २५–७ ले पराजित गर्‍यो भने दोस्रो सेट २५–१० तथा तेसो सेट २५–११ ले हरायो ।

यो जितपछि नेपालले तीन खेलबाट सात अंक जोडेको छ । यसअघि कीर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको नेपालले घरेलु टोली श्रीलंकालाई ३–१ को सेटमा हराएको थियो ।

चार टिम सहभागी यस प्रतियोगितामा सिंगल राउन्ड रोविनका आधारमा खेल हुनेछ । त्यसपछि लिग चरणको अंक तालिकाको आधारमा सेमिफाइनल खेल हुनेछ ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार २२:१५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।