Logo

बैंकिंग

सानिमा बैंकले १३.६० प्रतिशत लाभांश वितरण गर्ने



सानिमा बैंकले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ३.६० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित भएको छ । बैंकको १६ औं वार्षिक साधारणसभामा संचालक समितिले लाभांश वितरणको लागि प्रस्ताव दिएको थियो । 

आर्थिक वर्ष २०७६–७७ मा १ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकको कुल सम्पत्ति १ खर्ब २६ अर्ब ३१ करोड, कुल निक्षेप १ खर्ब १० अर्ब १० करोड तथा खुद कर्जा सापटी ९३ अर्ब ६९ करोड रहेको छ । आर्थिक वर्ष २०७५–७६ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १९.३०, १२.२९, र १५.८१ प्रतिशतले बढेको छ ।

बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रकाशित : २८ कार्तिक २०७७, शुक्रबार