Logo

प्रमुख समाचार

विप्लव, जनार्दन र घनश्यामबीच सघन सहकार्य गर्ने सहमति



काठमाडौं । नेकपा महासचिव नेत्र विक्रम चन्द (विप्लव), प्रगतिशील राष्ट्रिय अभियान संयोजक जनार्दन शर्मा र पूर्व समाजवादी महासचिव घनश्याम भुसाल आगामी दिनमा सघन सहकार्य गर्दै अघि बढ्ने सहमतिमा पुगेका छन् ।

शुक्रबार बिहान भएको भेटमा तीन नेताबीच नयाँ राजनीतिक परिस्थितिमा सहकार्यलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको भुसालले जानकारी दिए ।

तीनै नेताले वर्तमान राजनीतिक अन्योलका बीच समाजवादी–कम्युनिस्ट शक्तिहरूले एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

 

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार १२:५६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।