Logo

प्रमुख समाचार

ओलीलाई जाँचबुझ आयोगले बोलाएमा लाखौँ कार्यकर्ता सिंहदरबार छिर्छन् : महेश बस्नेत



 नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि बोलाइए लाखौँ कार्यकता सिंहदरबार छिर्ने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै नेता बस्नेतले ओलीको बयान लिन जाँचबुझ आयोगले बोलाएमा लाखौँ कार्यकर्ता सिंहदरबार छिर्ने बताएका हुन् ।
ओलीसँगै खिचिएको फोटो अपलोड गर्दै उनले फेसबुकमा लेखेका छन्– ‘रवि लामिछानेलाई जस्तै ओलीको बयान लिन जाँचबुझ आयोगले बोलायो भने लाखौं कार्यकर्ता सिंहदरबार छिर्छन : महेश बस्नेत ।’
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन र त्यसपछि उत्पन्न विध्वंशको छानबिन गर्न गठित आयोगले धमाधम बयान लिइरहेको छ । आयोगले पूर्वप्रधानमन्त्रीका हैसियतमा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि बयानमा बोलाउने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार २०:२१   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।