काठमाडौं । सोमबार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ तय गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यसअघि आइतबार २ लाख ३८ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
अघिल्लो दिन प्रतितोला ३०१५ रुपैयाँ रहेको चाँदी आज ५० रुपैयाँ बढेर ३०६५ रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया