काठमाडौं । मंगलबार एकैदिन सुनको मूल्य करिब ५ हजार बढेको छ । आज प्रतितोला ४ हजार ९ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आजका लागि सुन प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४१ हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ३ हजार ६५ रुपैयाँ रहेको चाँदी आज ३ हजार १७० रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया