Logo

अर्थ

पियोर इनर्जीले कमायो ९० लाख खुद नाफा



काठमाडौं । पियोर इनर्जीले आव २०८२/८३ को पहिलो त्रैमासमा ९० लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ५२ लाख ५९ हजार खुद नाफा कमाएको थियो । पियोरले पहिलो त्रैमासको वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको छ ।

कम्पनीले पहिलो त्रैमासमा विद्युत बिक्रीबाट ६ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ ।

गोल्याण ग्रुप अन्तर्गतको पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादन गर्ने सोलार कम्पनी हो । प्रतिसेयर आम्दानी ३.२९ रुपैयाँबाट बढेर ४.५० पुगेको छ । प्रतिशेयर नेटवर्थ १०१.६१ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार ११:१३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।