काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले गृह मन्त्रालयमा २७ बुँदे माग पत्र बुझाएको छ ।
आज गृहमन्त्री ओमप्रकाश अर्यालसहितको वार्तामा प्रसाईं समूहका माधव प्रसाद खतिवडाले मागपत्र बुझाएका हुन् ।
मागपत्र बुझाएपछि सुरु भएको वार्ता आजलाई सकिएको वार्ताको सहजीकरण गरेका अधिवक्ता विनोदमणि भट्टराईले जानकारी दिए ।
मागपत्रमा बैंकको ऋण मिनाहा गर्नेदेखि लिएर संविधान खारेज गर्नुपर्नेसम्मका मागहरु समेटिएका छन् । वार्ताबाट निस्किएका प्रतिनिधिहरुले गृहमन्त्रीबाट सकारात्मक जवाफ मिलेको बताए ।



























प्रतिक्रिया