Logo

प्रमुख समाचार

गृहमन्त्री र प्रसाईं समूहबीच वार्ता: संविधान खारेजदेखि ऋण मिनाहसहित २७ बुँदे मागपत्र पेश



काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले गृह मन्त्रालयमा २७ बुँदे माग पत्र बुझाएको छ ।

आज गृहमन्त्री ओमप्रकाश अर्यालसहितको वार्तामा प्रसाईं समूहका माधव प्रसाद खतिवडाले मागपत्र बुझाएका हुन् ।

मागपत्र बुझाएपछि सुरु भएको वार्ता आजलाई सकिएको वार्ताको सहजीकरण गरेका अधिवक्ता विनोदमणि भट्टराईले जानकारी दिए ।

मागपत्रमा बैंकको ऋण मिनाहा गर्नेदेखि लिएर संविधान खारेज गर्नुपर्नेसम्मका मागहरु समेटिएका छन् । वार्ताबाट निस्किएका प्रतिनिधिहरुले गृहमन्त्रीबाट सकारात्मक जवाफ मिलेको बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार १२:५५   :  बजे

318
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।