Logo

प्रमुख समाचार

जनता समाजवादी पार्टी र नेपाली कम्युनिस्ट पार्टीबीच एकताको तयारी



विभिन्न १० कम्युनिस्ट घटक दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच एकताको तयारी सुरु गरिएको छ।
दुवै पार्टीका नेताहरूबीच राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक प्रणाली तथा कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने सैद्धान्तिक समझदारी भएसँगै एकीकरणका लागि प्रक्रिया सुरु गरिएको हो ।
राई नेतृत्वको जसपाको हालै सम्पन्न केन्द्रीय बैठकबाट एकताका लागि केन्द्रीय कार्यकारिणी परिषद्लाई जिम्मेवारी दिएको थियो।
जसपाका केन्द्रीय सदस्य सोनाम लामाका अनुसार केही नेताको जिम्मेवारी व्यवस्थापनलगायत प्राविधिक विषयको टुङ्गो लगाउने काम भइरहेको छ।यो टुंगो लागेसँगै केही दिनभित्र एकताको घोषणा गरिने उनले बताए।
नेपाली कम्युनिस्ट पार्टीले समान विचारधारा भएका समूह तथा राजनीतिक दलसँग एकता गरी बृहत् कम्युनिस्ट केन्द्र निर्माणको अभियान थालेको छ।
नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीलगायत दश वामपन्थी दलले गत बुधबार एकता गरेपछि गठन भएको उक्त पार्टीले चुनावअगाडि वाम शक्ति ध्रुवीकरण गर्ने जनाएको छ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार २१:२२   :  बजे

372
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।