Logo

प्रमुख समाचार

गृहमन्त्री अर्याल एमालेको नेता जस्तो लाग्न थालेको छ: सुदन गुरुङ



काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङले ओमप्रकाश अर्याल एमालेकै गृहमन्त्री जस्तो लाग्न थालेको टिप्पणी गरेका छन् ।

नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै देखिएका गुरुङले गृहमन्त्री अर्याल एमालेजस्तो लाग्न थालेको टिप्पणी गरे । उनले जंगी अड्डादेखि शीतल निवाससम्म आफूहरुसँग संविधानविद्का रुपमा उपस्थित भएका अर्यालले अहिले आएर चुनावमात्र भन्दै ढाँट्ने काम गरेको आरोप लगाए ।

गुरुङले भने- ‘उहाँ जेनजी आन्दोलनको बलमा गृहमन्त्री बन्नुभएको हो । अहिले आन्दोलनकारीलाई पक्राउ गरिरहनुभएको छ । जेनजीका माग सम्बोधन नगरेको देख्दा उहाँ एमालेको गृहमन्त्री हो कि जस्तो लाग्न थालेको छ ।’

गृहमन्त्रीले चुनाव-चुनाव मात्र भनिरहेकोले उहाँप्रति शंका उत्पन्न भएको गुरुङको भनाइ छ । उनले भने, ‘गृहमन्त्री अर्याल खाली चुनाव-चुनाव मात्र भनिरहनुभएको छ । जेनजीका माग पूरा नभई कसरी चुनावमा जान सकिन्छ ?’

जेनजीका माग चुनाव मात्र नभएको उनले बताए । ‘गृहमन्त्रीको एजेन्डा चुनाव मात्र होला । तर हाम्रो एजेन्डा देशले न्याय पाउनुपर्छ भन्ने हो । जेनजी आन्दोलनकारीलाई न्याय दिलाउने कुरामा उहाँ (गृहमन्त्री)ले जिम्मा लिनुपर्छ ।’

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार १३:३२   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।