Logo

खेलकुद

आइपिएल अक्सन यही डिसेम्बर १६ का लागि तय



इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को अक्सन यूएईको आबुधाबीमा हुने भएको छ। आइपिल अक्सन यही डिसेम्बर १६ का लागि तय भएको छ।

यो मिनी अक्सन भएकाले एकै दिनमा सकिने आयोजकले जनाएका छन्। यसअघि मेगा अक्सन साउदी अरबमा भएको थियो।

तालिका अनुसार यो सिजन सबै टोलीले नोभेम्बर १५ तारिख दिउँसोसम्म सबै खेलाडी रिटेन्सन सूचीमा राख्ने र छोड्ने निर्णय गरिसक्नु पर्नेछ।

यो निर्णयपछि आइपिएल अन्तिम अक्सनका लागि खेलाडीको सूची तय हुनेछ। आइपिएल २०२६ मार्चमा हुँदैछ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार ०६:५७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।