Logo

अर्थ

सर्वोत्तम सिमेन्टको लाभांश घोषणा



काठमाडौं । सर्वोत्तम सिमेन्टले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि कुल २० प्रतिशत लाभांश घोषणा गरेको छ ।

जसमा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र करसहित १५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कुल ९९ करोड ५१ लाख रुपैयाँ बराबर लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ ।

सर्वोत्तमले आजै चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण पनि सार्वजनिक गरेको छ । जसअनुसार बिक्री आम्दानी ३५ प्रतिशत बढेको छ ।

कम्पनीले पहिलो त्रैमासमा ३२ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनी २ करोड २५ लाख रुपैयाँ नोक्सानीमा थियो । त्यस्तै कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २६.०७ रुपैयाँ छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आईतवार ११:१३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।