काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा अधिक भएको ५० अर्ब तरलता खिच्ने भएको छ । अधिक तरलता खिच्नका लागि केन्द्रीय बैंकले आइतबार निक्षेप संकलन उपकरण जारी गरेको हो ।
आइतबार ८४ दिनको लागि ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो ।
राष्ट्र बैंकका अनुसार शनिबारसम्म वित्तीय प्रणालीमा करिब ६२ अर्ब तरलता रहेको छ ।
राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार, निक्षेप संकलनमा सहभागी हुन चाहने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्नेछन् ।
निक्षेप संकलनका लागि न्यूनतम १० करोड रुपैयाँ र अधिकतम सीमा तोकिएअनुसार ५ करोड रुपैयाँका गुणकमा बोलकबोल गर्न सकिनेछ ।
बोलकबोल ब्याजदरका आधारमा गर्नुपर्नेछ भने, बहुब्याजदरका प्रस्तावहरू पनि मान्य हुने केन्द्रीय बैंकले जनाएको छ ।




















प्रतिक्रिया