Logo

अर्थ

असोजमा भित्रियो अहिलेसम्मकै धेरै रेमिट्यान्स, तीन महिनामै ५ खर्ब ५३ अर्ब



काठमाडौं । देशको अर्थतन्त्रलाई टेवा दिने प्रमुख आधार विप्रेषण (रेमिट्यान्स) आप्रवाह चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ३ महिनामा उच्च वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ५३ अर्ब ३१ करोड पुगेको हो ।

यो वृद्धिदर अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको भन्दा ३५.४ प्रतिशतले बढी हो । गत आवको पहिलो तीन महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

तथ्याङ्कअनुसार असोज महिनामा मात्रै २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । मासिक रुपमा यो हालसम्मकै उच्च हो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा डलरमा यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो ।

यस अवधिमा ७७,२५७ जनाले पुनः श्रम स्वीकृति लिएका छन्, जबकि अघिल्लो वर्ष ५९,९३९ जनाले मात्रै नवीकरण गरेका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आईतवार १३:३३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।