Logo

अर्थ

सेयर बजारमा सामान्य गिरावट, ३ अर्ब ८९ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक ५.१५ अंकले घटेर २५४० को विन्दुमा कायम भएको छ ।

आज ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको सेयर घटेको छ ।

आज ३ अर्ब ८९ करोडको सेयर कारोबार भएको छ । आज एसबिएल डिबेञ्चर २०८९ को सर्वाधिक कारोबार भएको छ । यसको २८ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भउको छ । नेपाल पुनर्बीमा कम्पनीको २१ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सागर डिष्टिलरी, बुङगल हाइड्रो र बन्दीपुर केलकारका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आईतवार १५:२१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।