काठमाडाैं । शिवम् सिमेन्ट लिमिटेडले गत आवका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।
बैठकले आव २०८१/८२ का लागि हाल कायम चुक्तापूँजीको २.५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १२.५० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
यसका साथै बैठकले साधारणसभा समेत बाेलाएकाे छ । कम्पनीको साधारण सभा मंसिर २५ गते काठमाण्डौमा आयोजना हुनेछ ।




















प्रतिक्रिया