Logo

अर्थ

सडक डिभिजन काठमाडौंले ताेड्याे २५ रुग्ण ठेक्का



काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले २५ रुग्ण ठेक्का तोडेको छ । आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८०मा सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका रुग्ण ठेक्का सोमबार तोडिएको हो ।

ठेक्का तोड्ने निर्णय गर्नुअघि ११ कात्तिकमा ठेक्का किन नतोड्ने ? भन्दै सम्बन्धित २५ निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको कार्यालय प्रमुख सुवोध देवकोटाले जानकारी दिए ।

निर्माण ब्यवसायीबाट पेश भएको स्पस्टीकरण चित्तबुझ्दो नभएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) समेतको आधार मानी कार्तिक ३० को निर्णयानुसार ठेक्का सम्झौता अन्त्य गरीएको कार्यालयले जनाएको छ ।

साथै, सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार पोस्ट समापन मूल्याङ्कन भई स्थापित हुने रकम सरकारी बाँकी सरह असुल उपर हुने कानुनी व्यवस्था भएकोले यो सूचना प्रकाशित गरिएको मितिले १५ दिन भित्र निर्माण व्यवसायीहरूलाई यस कार्यालयमा सम्पर्क राखी वित्तीय फरफारक गर्न समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार १०:५५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।