Logo

अर्थ

यी हुन् सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा समूह



काठमाडौं । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा बढी कर तिर्ने विभिन्न १६ कम्पनी तथा व्यक्तिलाई सोमबार सम्मान गरेको छ । कर दिवसको अवसरमा काठमाडौंमा भएको विशेष समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्मानित व्यक्ति तथा कम्पनीका प्रतिनिधिलाई सम्मान गरेका थिए ।

सबैभन्दा बढी आयकर तिर्ने निकायतर्फ नेपाल दूरसञ्चार प्राधिकरण, एकलौटी फर्महरुतर्फ आयकरमा थाइ आइ इन्टरनेशनल, बस्तुगत तर्फ आयकरमा डावर नेपाल, सूचना प्रविधितर्फ भेरिक्स नेपाल प्रालि, निर्यात कारोबारतर्फ डाबर नेपाल प्रालि, कृषि एवम् पशुजन्यतर्फ पोषक ब्रिडर, बैंक तथा वित्तीय संस्थातर्फ नेपाल इन्भेष्टमेन्ट बैंक, स्वास्थ तथा शिक्षातर्फ नोबेल मेडिकल कलेज र पर्यटनतर्फ सोल्टीहोटेल सम्मानित भएका हुन् ।

यस्तै वस्तु व्यापार तर्फ भाटभटेनी सुपरमार्केट, मध्यस्तरीय करदातामा सिडियस एण्ड क्लियरिङ् लिमिटेड, ऊर्जातर्फ भोटेकोसी पावर कम्पनी, रेमिटेन्सतर्फ आइएमई, व्यक्तिगत आयकरमा राजबहादुर साह, मूअक समयमा तिर्नेमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, ५० करोड भन्दा धेरै कारोबार गर्नेमा भिएफ सर्भिसेज र विशेष उद्योगा युनिलिभर नेपाल सम्मानित भएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार १२:४२   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।