Logo

खेलकुद

शीर्ष क्रमका ब्याटरबाट राम्रो साथ नहुँदा हार व्यहोर्‍यौँ: जनकपुरका कप्तान साह



जनकपुर बोल्ट्सका कप्तान अनिल साहले शीर्ष क्रमका ब्याटरले ओपनर आसिफ शेखलाई साथ दिन नसक्दा हार बेहोर्नु परेको बताएका छन्।

उद्घाटन खेलमा सोमबार (मंसिर १) काठमान्डू गोखार्जसँगको हारबाट जनकपुरले नेपाल प्रिमियर लिगको दोस्रो संस्करण सुरुआत गरेको छ।

उक्त हारपछि कप्तान साहले शीर्ष क्रमका ब्याटरबाट राम्रो साथ नहुँदा हार व्यहोरेको बताएका हुन्। राम्रो साझेदारी गर्न नसक्दा ब्याटिङ दबाब भएको उनले उल्लेख गरे।

सुरुआत राम्रो हुन नसक्दा १६० रन बनाउने लक्ष्य पूरा नभएको उनको भनाइ थियो। आफूहरूले दिएको लक्ष्य धेरै न्यून रहेको पनि उनले उल्लेख गरे। निरन्तर विकेट गइरहँदा पनि साझेदारी बन्न नसक्नु खराब पक्ष रहेको उनको भनाइ छ। पिचले स्पिनरलाई केही मद्दत गरेको कप्तान अनिलले बताए।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार २२:४१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।