Logo

अर्थ

नबिल बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडाैं । नबिल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि १ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र दरबारमार्ग, तीनधारामा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

सेयरको मूल्य ३०१.१० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलवार १०:३६   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।