Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको वृद्धि, ४ अर्ब १० करोडकाे कारोबार



काठमाडौं । आज साताको सेयर बजार दोहोरो अंकले बढेको छ  नेप्से परिसूचक १५.७० अंकले बढेर २५६६ को विन्दुमा कायम भएको छ ।

आज २९७ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ कम्पनीको मात्रै सेयर मूल्य घटेको छ ।

आज ४ अर्ब १० करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै साहस ऊर्जाको सेयर कारोबार भएको छ । यस कम्पनीको २२ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सागर डिष्टिलरी र माबिलुङ इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।  आज सबैभन्दा धेरै एभरेष्ट बैंक डिबेञ्चर २०९१ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलवार १५:५८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।