Logo

धर्म / संस्कृति

आज बालाचतुर्दशी: पितृको सम्झनामा शतबीज छरिँदै



आज बलाचतुर्दशी पर्व मनाइँदै छ । हरेक वर्ष मार्ग शीर्ष कृष्ण चतुर्दशीका दिन यो पर्व मनाउने गरिन्छ ।

यस दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिँदैछ ।

मार्गशीर्षकृष्ण त्रयोदशीको रातमा (मंगलबार राति) दीपदान गरी बसेका भक्तजनले चतुर्दशीका दिन बिहानै दिवंगत पितृको स्मरणमा सद्गतिको कामना गर्दै शतबीज छर्ने गर्दछन् ।

शतबीज छर्न पशुपतिनाथ लगायत शिवमन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार ०७:०७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।