Logo

प्रमुख समाचार

सिमरामा भएको घटना संवेदनशील छ : रास्वपा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार बाराको सिमरा विमानस्थलमा भएको घटना संवेदनशील भएको बताएको छ ।

केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समितिको जारी बैठकले सिमरामा भएको घटना संवेदनशील भएको निष्कर्ष निकाल्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

‘निर्वाचनको माहोल बनाउन राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्छ र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्छ। आज सिमरामा भएको घटना संवेदनशील छ । यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर सरोकार र सरकारको आवश्यक ध्यानाकर्षण माग गर्दछौँ’, रास्वपाले भनेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार १६:१७   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।