Logo

अर्थ

बरुण हाइड्रोपावरको लाभांश घोषणा



काठमाडाैं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर ३ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

बैठकले आव २०८१/८२ सम्मको मुनाफाबाट हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीले लाभांश पारित गर्न साधारणसभा समेत आह्वान गरेको छ । कम्पनीले यही मंसिर २६ गते काठमाण्डौको शंखपार्कमा रहेको स्मार्ट दरबारमा बिहान साढे ९ बजेदेखि २२औं साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार १०:१८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।