काठमाडौं । आज सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूक ०.९३ अंकले घटेर २५६० को विन्दुमा कायम भएको छ ।
आज ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२८ कम्पनीको १ करोड ४ लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै साहस उर्जाको कारोबार भएको छ । यस कम्पनीको ४१ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त, बन्दीपुर केबलकार र झापा इनर्जीका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै बुङगल हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानकिर्ताले ९ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया