Logo

समाचार

टिकटकले प्रयोगकर्ताका लागि ल्यायो टाइम र वेल–बीइंग फिचरहरू



काठमाडौं । टिकटकले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ टाइम र वेल–बीइंग स्पेस सुरु गरेको घोषणा गरेको छ । यो नयाँ अपडेटले प्रयोगकर्ताहरूलाई सचेत र स्वस्थ डिजिटल बानी बनाउन सहयोग गर्ने धेरै नयाँ सुविधाहरू ल्याएको छ । यस पहलले प्रयोगकर्तालाई सकारात्मक र सन्तुलित अनलाइन अनुभव दिने टिकटकको प्रतिबद्धता झनै स्पष्ट बनाएको छ ।

सुरक्षा र कम्युनिटी गाइडलाइन्सलाई प्राथमिकता दिँदै आएको टिकटकले पछिल्लो समय उन्नत फ्यामेली पियरिङ फिचर र किशोर–किशोरीको प्रयोग अस्थायी रूपमा रोक्ने क्षमता भएको टाइम अवे फिचर जस्ता धेरै उपयोगी सुविधाहरू थप्दै आएको छ । यस वर्ष, टिकटकले राति आराम गर्न मद्दत होस् भनेर किशोर–किशोरीका लागि मेडिटेसन फिचर पनि सुरु गरेको छ ।

अब यी सुविधाहरूको थप विस्तार गर्दै, टिकटकले प्रयोगकर्ताहरूलाई ध्यानको अभ्यास गर्ने, विश्राम लिने र स्वस्थ डिजिटल बानी बनाउने डेडिकेटेड टुल्ससहित नयाँ अनुभवहरू उपलब्ध गराएको छ । नयाँ फिचरले कम्युनिटीलाई आराम गर्न, मन शान्त पार्न अझ सरल बनाइदिएको छ ।

टिकटकले चारवटा नयाँ वेल–बीइंग मिसन पनि ल्याएको छ । यी छोटा, रमाइला र सजिलै पूरा गर्न सकिने मिसनहरू हुन्, जसले प्रयोगकर्तालाई दीर्घकालीन, सन्तुलित डिजिटल बानी बनाउन मद्दत गर्छ । मिसनहरू पूरा गर्दै जाँदा, प्रयोगकर्ताले ब्याज पाउँछन्, जसले उनीहरूको सचेत व्यवहारलाई प्रोत्साहन र मजबुत बनाउँछ ।

टिकटकले यी फिचरहरूलाई प्लेटफर्मको अनुभवमै सहज रूपमा जोड्ने लक्ष्य राखेको छ, ताकि प्रयोगकर्ता कम्युनिटीले आराम गर्न, तनाव घटाउन र प्रविधिसँग सन्तुलित सम्बन्ध बनाउन सकुन् । यससँगै, टिकटकले आफ्नो कम्युनिटीलाई केवल मनोरञ्जन मात्र होइन, उनीहरूको समग्र सु–स्वास्थ्यलाई समर्थन गर्ने स्थान प्रदान गर्ने प्रतिबद्धता पनि पुनः प्रस्तुत गर्दछ ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार ११:४९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।