Logo

अर्थ

नबिल बैंकले पायो अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको स्वीकृति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार (पर्पेक्च्युअल नन क्युमेलेटिभ पे्रफरेन्स) सेयर निष्कासन गर्न स्वीकृति दिएको छ ।

बैंकले अंकित मूल्य १ सयका दरले ५ करोड कित्ता सेयर निष्कासन गर्न स्वीकृति पाएको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल छ ।

यो सेयरमा लगानी गर्नेले वार्षिक ८ प्रतिशत प्रतिफल पाउने छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार १४:२४   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।