Logo

खेलकुद

दोस्रो अर्धशतक बनाएर पोखराका कप्तान भुर्तेल आउट



 

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गतको शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । यो जारी सिजनको नवौँ अर्धशतक हो ।

उनले ३१ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५३ रन बनाएका हुन् । जारी सिजनमा उनको यो दोस्रो अर्धशतक हो ।

उनले यसअघि विराटनगर किङ्सविरुद्ध पनि अर्धशतक प्रहार गरेका थिए । त्यस खेलमा ३१ बलमा ५९ रन जोडेका थिए ।

भुर्तेलको नाममा सिजनको पाँचौ अर्धशतक छ । यस सिजनमा दोहोरो अर्धशतक प्रहार गर्ने भुर्तेल दोस्रो खेलाडी हुन् । चितवनक रवि बोपाराले यसअघि नै दुई अर्धशतक प्रहार गरेका छन् ।

उनलाई ३२ औँ बल सामना गर्ने क्रममा सुदूरपश्चिमका स्कट कुगेलेइजनले आउट गराए । यसअघि चितवनको रवि बोपाराले यसअघि नै दुई अर्धशतक प्रहार गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार १९:३६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।