Logo

प्रमुख समाचार

कांग्रेस केन्द्रीय समिति बैठक शनिबार पुनः बस्दै



नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका पुस मसान्तभित्रको मिति तोकेर ल्याउने तयारी गरिएको छ।

गत असोज २८ मा सुरु भएर कात्तिक २७ मा स्थगित भएको केन्द्रीय समिति बैठक शनिबार पुनः बस्दै छ। विशेष की नियमित महाधिवेशन भन्ने विवाद चलिरहेको बेला पुसको अन्तिम साताको प्रस्ताव पेस गर्ने तयारी छ।

वैशाखमा नियमित महाधिवेशन भन्ने विवादमा कांग्रेस छ। कांग्रेस त्यही विवादले राष्ट्रिय विषयमा समेत प्रवेश नगरी बैठक स्थगित गरेर बसेको छ।

दुवैतर्फको निरन्तरको अडानले कात्तिक २७ यता तीनपटक बैठक स्थगित भइसकेको छ। शनिबार दिउँसो १ बजेका लागि डाकिएको बैठकमा पुस अन्तिमको नियमित महाधिवेशन कार्यतालिका पेस गर्ने तयारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितले गरेका छन् ।

विशेष महाधिवेशनको अडान लिइरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको विश्वासमा पुस अन्तिम साताको कार्यतालिका पेस गरी विशेष महाधिवेशन प्रस्ताव फिर्ता गराउने तयारीमा खड्का लागेका छन्।

तत्काल महाधिवेशनको प्रक्रिया प्रारम्भ गर्न माग गर्दै समूह बनाएका संस्थापन पक्षका २८ केन्द्रीय सदस्यहरूसँगको भेटमा शुक्रबार बिहान कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशन कुनै पनि हालतमा हुन नदिने प्रतिबद्धता जनाएका थिए।

त्यसका लागि नियमित महाधिवेशनमा प्रवेश गराउने उनको भनाइ थियो ्।

नेता डा। शेखर कोइरालाले विशेष महाधिवेशन रोक्नका लागि पुस अन्तिम साताभित्र नियमित महाधिवेशन घोषणा गरी कार्यतालिका ल्याउनुपर्ने बताउँदै आएका थिए। उनले नियमित महाधिवेशनमा नजाने भए केन्द्रीय समितिको निर्णयबाटै विशेष महाधिवेशन गर्नुपर्ने बताउँदै आएका थिए।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार २१:५४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।