काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलता व्यवस्थापनका लागि केन्द्रिय बैंकले आज फेरि थप ५० अर्ब रुपैयाँ तान्ने भएको छ।
निक्षेप संकलन उपकरणको माध्यमबाट केन्द्रीय बैंकले ८४ दिनको लागि थप ५० अर्ब निक्षेप संकलन गर्न लागेको हो। अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो २ बजे बोलकबोल हुने निक्षेप संकलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ ।
इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप संकलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी फागुन ५ गते हुनेछ।




















प्रतिक्रिया