काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङलाई संसदीय समितिले आज छलफलका लागि बोलाएको छ।
राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले मन्त्री घिसिङसँग मन्त्रालयका विभिन्न महत्वपूर्ण विषयमा प्रत्यक्ष जानकारी लिने उद्देश्यले छलफल आह्वान गरेको हो।
समितिको बैठक आज बिहान साढे ११ बजे बस्नेछ । छलफलको एजेन्डामा भारतसँगको विद्युत व्यापार सम्झौता, सरकारले गरेका खर्च कटौतीका निर्णयले उत्पन्न प्रभाव, नयाँ संसद भवन निर्माणको प्रगति, सुनकोसी–मरिन डाइभर्सन आयोजना लगायत मन्त्रालयअन्तर्गतका अन्य समसामयिक विषय समेटिएका छन्।





















प्रतिक्रिया